गजल : आज मान्छे

बालकुमारी घिमिरे गजलिका
२१ फागुन २०७९ १०:४०
96
Shares

गिरेर हर्दम मिचेर कानुन यथार्थ कुल्चिन्छ आज मान्छे
हुँदैन आफ्नो कठिन प्रहरमा फरक्क फर्किन्छ आज मान्छे

मरेर लाँदैन घाटमा धन हो हात खाली लिएर जाने
तथापि धनको पछाडि मात्रै कुदेको भेटिन्छ आज मान्छे

हो रीत कस्तो भो बुझ्न गाह्रो समाज हाम्रो कता छ जाँदै
भुलेर कर्तव्य बाउको शिर टेकेर उफ्रिन्छ आज मान्छे

कुवाच्य बोल्दा हुँदैन राम्रो छ बुद्धि उसमा तथापि हर्दम
उडाई खिल्ली सधैं अरूको रमेको देखिन्छ आज मान्छे

न देख्छ जनता न राष्ट्र उसले सधैं परायाको बात मान्छ
भँडार खन्दै रछान पुर्दा तरक्की सम्झिन्छ आज मान्छे

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *