संकटमा परेको पाकिस्तानलाई चीनले नयाँ ऋण दियो

डिसी नेपाल
२१ फागुन २०७९ ११:१६

काठमाडौं । चीनको बैंक आईसीबीसीले पाकिस्तानलाई १.३ अर्ब डलरको रोलओभर ऋण स्वीकृत गरेको छ । पाकिस्तानका अर्थमन्त्री इशाक दारले ट्वीटरमा यो जानकारी दिएका हुन् ।

इशाक दारका अनुसार चीनको बैंकले यो ऋणमध्ये पाकिस्तानलाई ५० करोड डलर उपलब्ध गराइसकेको छ । यो ऋण पाकिस्तानले ३ किस्तामा पाउनेछ । यसबाट विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुने पाकिस्तानले जनाएको छ । पाकिस्तानले हालै यो ऋण चिनियाँ बैंकलाई फिर्ता गरेको थियो।

पाकिस्तानले चीनबाट ठूलो मात्रामा ऋण लिएको छ । पाकिस्तानले लिएको कुल ऋणमध्ये एक तिहाइ चीनबाट आएको हो । पाकिस्तानले ऋण तिर्न कठिनाइको सामना गरिरहेको छ जसका कारण देशको मुद्रा सञ्चितिमा समस्या परेको छ ।

उल्लेखनीय छ कि पाकिस्तानले चालू आर्थिक वर्ष र आगामी दुई आर्थिक वर्षमा विदेशी ऋणमा ठूलो रकम तिर्नुपर्नेछ। चालू आर्थिक वर्षको बाँकी महिनामा पाकिस्तानले आठ अर्ब डलरको वैदेशिक ऋण तिर्न बाँकी छ ।

अर्को दुई वर्षमा पाकिस्तानलाई ५० अर्ब डलरको वैदेशिक ऋण चुक्ता गर्ने सबैभन्दा ठूलो चुनौती हो । यसमा चीन र चिनियाँ वाणिज्य बैंकहरूलाई फिर्ता गर्नुपर्ने ऋण पनि समावेश छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *