नेपाली महिला पाईलट समूहले पहिलो पटक गरे अन्तर्राष्ट्रिय उडान

डिसी नेपाल
२१ फागुन २०७९ १३:१६

लण्डन ।  काठमाण्डौं–युएई तर्फको उडानमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् ।

आइतवार, नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको पाइलट भावना पन्तले जनाएकी छन् । उनीसंगै को– पाईलट शृजना रावत उडानमा रहेकी थिइन् ।

उनले महिलाहरुको सो अन्तर्राष्ट्रिय उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताउँदै हौसला प्रदान गर्ने लाखौं शुभचिन्तकहरु प्रति धन्यवाद दिएकी छन् ।

उनीहरुले विमान युएई विमान स्थलमा पुगे पछि गैरआवासीय नेपाल संघ (यूएई) ले उनीहरुलाई भव्य स्वागत गरेको गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।

सो सम्मानको लागि गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा विमानस्थल पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *