रुसको आक्रमणबाट ध्वस्त भइरहेको युक्रेनको बाख्मुत सहरको पछिल्लो अवस्था कस्तो छ ?
काठमाडौं । रुसको तर्फबाट युद्धमा संलग्न रुसी सेना र निजी सेना वाग्नर समूहले युक्रेनी सेनालाई बाख्मुतबाट फिर्ता गर्न कडा प्रयास गरिरहेका छन् ।
यहाँ युक्रेनी सहर बाख्मुतका डेपुटी मेयर अलेक्ज्याण्डरले लडाई सहरको सडकमा पुगेको तर रुसले अझै कब्जा नगरेको बताउँछन् । बाख्मुतका ४ हजार मानिस अहिले ग्यास, बिजुली वा पानी नहुँदा शिविरमा बसिरहेका छन् ।
मेयर ओलेक्ज्यान्डरले सहरमा आक्रमण नगरेको एउटा पनि भवन बाँकी नरहेको, पुरै सहर लगभग ध्वस्त भएको बताए । बेलायती गुप्तचर निकायको पछिल्लो विश्लेषण अनुसार युक्रेनी सेनाहरू आफ्नो स्थानमा दृढ उभिएका छन्।
युक्रेनी सेनाका प्रवक्ता सार्ही चेरेवातीले कठिन परिस्थितिमा पनि रुसी सेनालाई पछाडि धकेलिरहेको बीबीसीलाई बताए।
प्रवक्ताले भने, “रुसी सेनालाई सहयोग गर्ने वाग्नर समूहले हरेक दिन हाम्रो पोस्टमा आक्रमण गर्छ। कहिलेकाहीँ दिनमा ३० वा ५० आक्रमण हुन्छन्। तर हाम्रा सैनिकहरू दृढ भएर रुसी सेनामाथि हमला गरिरहेका छन्। हरेक दिन हामीले धेरै रुसी सैनिकहरूलाई मार्छौं। । हामी विजयमा विश्वास गर्छौं। हामी बाख्मुतमा रहन्छौं किनभने हामी रूसलाई रोक्न चाहन्छौं।”
बाख्मुतको उत्तरी क्षेत्रमा रुसले आफ्नो पकड बलियो बनाएको खबर पनि आएको छ । तर, युक्रेनले सहरको नियन्त्रण अझै पनि युक्रेनको हातमा रहेको बताएको छ ।
युक्रेनले भन्यो, “बाख्मुत युक्रेनी सेनाको नियन्त्रणमा छ। कतिपय क्षेत्रमा हामी लड्न सक्दैनौं तर अन्य ठाउँमा हाम्रो पूर्ण नियन्त्रण छ र रुसले सम्पूर्ण बाख्मुतको अवस्थालाई नियन्त्रण गर्न सक्दैन।”







डिसी नेपाल







Facebook Comment