चीनले आफ्नो रक्षा बजेट बढायो
काठमाडौं । चीनले आफ्नो रक्षा बजेट ७ प्रतिशतभन्दा बढी बढाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार ७.२ प्रतिशतको वृद्धिसँगै चीनको रक्षा बजेट अहिले २२४ अर्ब डलर पुगेको छ ।
चीनले आफ्नो रक्षा बजेट बढाएको यो लगातार आठौं पटक हो। गत वर्षको तुलनामा यसपटक चीनमा एक प्रतिशतले वृद्धि भएको छ ।
रक्षा क्षेत्रमा खर्च गर्ने देशहरूमा चीनभन्दा अमेरिका मात्र अगाडि छ । जसको रक्षा बजेट २०२३ मा ८१६ बिलियन डलर थियो।
भारतसँग तुलना गर्दा चीनको रक्षा बजेट तीन गुणा बढी छ । २०२३-२४ मा भारतको रक्षा बजेट लगभग ५.९४ लाख करोड रुपैयाँ छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment