रोहिंग्या शिविरमा भीषण आगलागी हुँदा १२ हजार घरबारविहीन
कक्स बजार (बंगलादेश) । दक्षिणपूर्वी बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा हजारौं मानिसले आफ्नो छाना गुमाएका छन् ।
आइतबारदेखि सुरु भएको यो आगलागीको चपेटामा अहिलेसम्म कक्स बजार शिविरका २ हजारभन्दा बढी आश्रयस्थल पुगेका छन् ।
छिमेकी म्यानमारमा हिंसाबाट भागेका करिब १२,००० मानिस अहिले घरबारविहीन भएको अनुमान गरिएको छ।
आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन र मानवीय क्षति भने भएको छैन ।
स्थानीय समय अनुसार आइतबार दिउँसो ३:४५ बजेतिर लागेको यो आगलागीले केही बेरमा बाँस वा तारपालले बनेका आश्रय गृहलाई आगो लगाएको थियो ।
बंगलादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले एएफपी समाचार एजेन्सीलाई भने: “लगभग २,००० आश्रयस्थलहरू जलेको आशंका गरिएको छ र १२,००० म्यान्मारी घरबारविहीन भएका छन्।”
तीन घण्टाभित्र आगो नियन्त्रणमा लिइएको उनले बताए तर यस अवधिमा कम्तीमा ३५ मस्जिद र शरणार्थीका लागि बनेका करिब २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएको बताए ।







डिसी नेपाल







Facebook Comment