जेनेभामा भारत विरोधी पोस्टर: भारतले स्विस राजदूतलाई बोलायो

डिसी नेपाल
२२ फागुन २०७९ १०:४९
60
Shares

काठमाडौं । समाचार एजेन्सी पीटीआईका अनुसार भारतले आइतबार भारतका लागि स्विट्जरल्याण्डका राजदूतलाई बोलाएको छ।

जेनेभास्थित संयुक्त राष्ट्र संघको भवनबाहिर भारत विरोधी पोस्टर टाँगेको आरोपमा भारतले स्वीस राजदूतलाई बोलाएको छ ।

स्विट्जरल्याण्डका राजदूतले भारत सरकारको विदेश मन्त्रालयलाई यस सम्बन्धमा भारतको चासो आफ्नो देशसमक्ष राख्ने आश्वासन दिएका छन् ।

पीटीआईले एक स्रोतलाई उद्धृत गर्दै भनेको छ, “विदेश मन्त्रालयमा पश्चिमी मामिलाका सचिवले आज स्विस राजदूतलाई बोलाएर जेनेभामा संयुक्त राष्ट्र संघको भवन बाहिर भारत विरोधी पोस्टरहरू लगाएकोमा भारतको विरोध दर्ता गराएका छन्।”

अधिकारीका अनुसार स्वीस राजदूतले भारतको चिन्तालाई आफ्नो देशमा गम्भीरतापूर्वक लिने बताएका छन्।

उनले जेनेभामा सबैका लागि उपलब्ध हुने ठाउँमा पोस्टरहरू लगाइएको तर हामीले त्यो दाबीलाई कुनै पनि हालतमा समर्थन गर्दैनौं र यो स्वीस सरकारको आधिकारिक पक्ष पनि होइन भनेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *