जोर्डनकी राजकुमारीको विवाह हुँदै, युनानी मूलका बेहुला को हुन् ?

डिसी नेपाल
२२ फागुन २०७९ १०:५०

काठमाडौं । जोर्डनको शाही परिवारले राजकुमारी इमानको विवाहको मिति घोषणा गरेको छ । राजकुमारी इमानले आगामी आइतबार विवाह गर्दैछिन् ।

उनका मंगेतर जमील अलेक्जेन्डर थर्मियोटिस भेनेजुएलामा जन्मिएका थिए र युनानी मूलका हुन् । जमील न्यूयोर्कस्थित भेन्चर क्यापिटल फर्ममा प्रबन्ध साझेदार हुन्।

इमान र जमीलले गत वर्ष इन्गेजमेन्ट गरेका थिए । शाही परिवारद्वारा जारी विज्ञप्तिमा दम्पतीलाई जीवनभरको लागि शुभकामना दिइएको छ ।

राजकुमारी इमान राजा अब्दुल्लाह द्वितीय र रानी रानिया अल अब्दुल्लाहकी छोरी हुन्।

गत वर्ष दम्पतीको इंगेजमेन्टमामा, रानी रानियाले भनिन्: “बधाई छ मेरी प्यारी छोरी इमान, तिम्रो मुस्कान सधैं मायाको उपहार हो। तिमी जन्मेको दिनदेखि नै मैले यसलाई सुरक्षित राखेको छु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *