ग्रीसमा रेल दुर्घटनाका कारण जनतामा आक्रोश, राजधानीमा हिंसात्मक प्रदर्शन
काठमाडौं । ग्रीसमा मंगलबार भएको रेल दुर्घटनामा ५७ जनाको मृत्यु भएपछि भएको विरोध प्रदर्शनमा हिंसा भड्किएको छ ।
राजधानी एथेन्समा प्रदर्शनकारीसँग हडतालमा रहेका हजारौं रेलवे कर्मचारी पनि सामेल भएका छन्।
प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको खबर छ । केही प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम समेत प्रहार गरेका छन् । प्रहरीले अश्रुग्यास र स्टन ग्रेनेड प्रयोग गरेको छ ।
ग्रीसको लारिसा नजिकै यात्रुवाहक रेल र मालबाहक रेलबीच ठक्कर भएको थियो । त्यसयता देशका विभिन्न भागमा सरकारविरुद्ध प्रदर्शन भइरहेका छन् ।
रेलको निजीकरण र रेलवे कोषमा कटौतीप्रति पनि जनता आक्रोशित छन् । ग्रीसका प्रधानमन्त्रीले दुर्घटनामा ज्यान गुमाउनेका परिवारसँग माफी मागेका छन् ।
प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले दुर्घटनाबाट आफू लज्जित भएको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment