तालिबानले अफगानिस्तानमा पोलियो उन्मूलन अभियान सुरु गर्यो
काठमाडौं । अफगानिस्तानमा तालिबानद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पोलियोविरुद्ध राष्ट्रव्यापी अभियान सुरु गरिएको जनाएको छ।
यस अभियानअन्तर्गत अफगानिस्तानका ९० लाखभन्दा बढी बालबालिकालाई पोलियो खोप दिइनेछ ।
तालिबान सरकारले जारी गरेको विज्ञप्तिमा पाँच वर्ष मुनिका बालबालिकालाई चार दिने खोप अभियानमा यसको खुराक खुवाइने बताइएको छ ।
यो खोप अभियान अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूको सहयोगमा सञ्चालन भइरहेको छ ।
तालिबान प्रशासनले पोलियो विरुद्धको लडाईमा सहभागी हुन अभिभावक, बुढापाका र आदिवासी नेताहरूलाई अपील गरेको छ।
तालिवानको स्वास्थ्य मन्त्रालयले गत वर्ष देशमा पोलियो सङ्क्रमणका दुईवटा घटना रिपोर्ट भएको जनाएको छ।
अफगानिस्तान र पाकिस्तान मात्र विश्वमा पोलियो उन्मूलन नभएका दुई देशहरू हुन्।







डिसी नेपाल







Facebook Comment