इमरानको ठूलो चुनावी र्याली, इस्लामाबाद पुलिस गैर जमानती वारेन्ट लिएर लाहोर पुग्यो
काठमाडौं । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका प्रमुख तथा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना हजारौँ समर्थकसहित लाहोरको दाता दरबार पुगेका छन् ।
इमरान खान र उनका समर्थकहरू पाकिस्तानमा तुरुन्तै चुनाव हुनुपर्छ भन्ने चाहन्छन्। अर्कोतर्फ इस्लामाबाद पुलिस इमरान खानविरुद्ध दुईवटा गैर जमानती वारेन्ट लिएर लाहोर पुगेको छ ।
लाहोरमा र्यालीमा सरकारले प्रतिबन्ध लगाए पनि इमरान खानको पार्टीका हजारौं कार्यकर्ता यसमा सक्रिय रुपमा सहभागी भइरहेका छन् ।
इमरान खान लाहोरको दाता दरबार पुग्दा आतिशबाजी गरिएको थियो । र्यालीमा एम्बुलेन्सका अलावा बाक्लो संख्यामा प्रहरीको समेत सहभागिता रहेको छ ।
बीबीसी संवाददाता सहर बलोचका अनुसार यो र्याली एकदमै तीव्र गतिमा दौडँदै डाटा दरबारसम्म पुगेको हो ।
इमरान खानले आफ्नो कार भित्रैबाट चुनावी र्यालीमा छोटो भाषण दिँदै आगामी आइतबार पाकिस्तानको मिनारमा चुनावी र्याली गर्ने बताए ।
यसअघि खान जमान पार्कस्थित आफ्नो घरबाट मार्चका लागि प्रस्थान गरेका थिए र इस्लामावादबाट प्रहरीको हेलिकप्टरमार्फत लाहोर पुगेका थिए ।
तोशखाना मुद्दामा अदालतमा उपस्थित नभएको भन्दै इमरान खानविरुद्ध जारी गैर जमानती वारेन्ट कार्यान्वयन गर्न प्रहरी आएको हो । र्यालीमा महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा उनीविरुद्ध वारेन्ट पनि जारी भएको छ ।
यसअघि लाहोर प्रशासनले कार्यकर्ता वा नेताहरूले न्यायपालिका विरुद्ध बयान नगर्ने सर्तमा सीमित मार्चको अनुमति दिएको थियो।







डिसी नेपाल







Facebook Comment