के सी जिनपिङ चीनका राष्ट्रपति होइनन् ? अमेरिकाले जिनपिङलाई राष्ट्रपति भन्न किन मान्दैन ?

डिसी नेपाल
१ चैत २०७९ १४:२०
104
Shares

काठमाडौं । मन्डारियन भाषामा राष्ट्रपतिको लागि एक शब्द छ, जसलाई जोङटोङ भनिन्छ। यदि चीनमा कुनै नेताले अन्य देशका राष्ट्रपतिहरूको बारेमा कुरा गर्छन् भने यो शब्द बोल्छन् । जस्तै इमानुएल म्याक्रोन फ्रान्सका राष्ट्रपति हुन्, वा जो बाइडेन अमेरिकी राष्ट्रपति हुन्। यद्यपि चीनले आफ्नै नेता सी जिनपिङका लागि यो शब्द प्रयोग गर्दैन। उनी सर्वोच्च नेता त हुन् तर राष्ट्रपति होइनन् ।

सी जिनपिङको आधिकारिक उपाधि पार्टीको महासचिव हो। यसबाहेक उनी स्टेट लिडर (राष्ट्रिय नेता) पनि हुन् । उनी केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन् । तर यी मध्ये कुनै पनि राष्ट्रपतिको पद होइन। चिनियाँ सञ्चारमाध्यमले नै उनलाई पार्टीको नेता भनेर सम्बोधन गर्ने गर्दथे ।

चीन भित्रका वेबसाइटहरूमा खोजी गरेमा अध्यक्ष सी जिनपिङको नाममा करोडौं वेब पेजहरू भेटिनेछन्, महासचिव लेखिएमा नतिजा उस्तै हुनेछ, तर राष्ट्रपति सी जिनपिङ लेखेर खोजी गर्दा केहि पृष्ठहरू मात्र भेटिन्छन्।

त्यसोभए जिनपिङलाई राष्ट्रपति भन्ने चलन कसरी आयो ? यसको श्रेय विदेशी नेता र मिडियालाई जान्छ । धेरैजसो देशहरूमा राजनीतिक रूपमा सबैभन्दा शक्तिशाली पद राष्ट्रपतिको भएकोले चीनमा पनि सबैभन्दा शक्तिशाली पदमा बसेका मानिसहरूलाई राष्ट्रपति भन्न थालियो ।

जब यो चलन अमेरिकाबाट सुरु भयो, तब सबै अंग्रेजी बोल्ने देशहरूले यसलाई स्वीकार गर्न थाले र चाँडै नै एसियाली देशहरूमा पनि यस्तै चलन सुरु भयो। चीन आफैंले यसलाई विश्वव्यापी रूपमा मिलाउन सजिलो होस् भनेर प्रचार गर्यो। यो अस्सी र नब्बेको दशकको अवधि थियो, जब चीनको बजार विश्वभर फैलिएको प्रारम्भिक चरणमा थियो।

सन् २००९ मा चीनको आधिकारिक पत्रिका चाइना डेलीमा राष्ट्रप्रमुखलाई विश्वभर राष्ट्रपति भनिने भएकाले राष्ट्रपतिको उपाधिबारे विचार गरिएको थियो । त्यसैले यो पश्चिमाहरु बीच एक प्रकारको स्वीकृतिको कदम थियो।

चीनमा राष्ट्रपति शब्दको इतिहास निकै जटिल छ । सन् १९५४ मा राज्य प्रमुखको पद सिर्जना गरियो, जसमा माओत्सेतुङ थिए। केही वर्षपछि माओले आफ्ना मनपर्ने नेता लिउ शाओकीलाई यो पदमा राखे पनि केही समयपछि माओले मतभेदका कारण उनलाई पदबाट हटाए।

माओ त्यतिबेला आधुनिक चीनका सबैभन्दा लोकप्रिय र शक्तिशाली नेता थिए। यसपछि अस्सीको दशकमा बाहिरी संसारमा देशको प्रमुखलाई राष्ट्रपति भन्ने चलन थियो ।

चीनले आफ्नो भित्री सर्कलमा जिनपिङलाई राष्ट्र प्रमुखको रूपमा बोलाइरह्यो। क्युबा, भियतनाम र लाओस जस्ता धेरै कम्युनिस्ट देशहरूमा चीनको राष्ट्रपतिको सट्टा राज्यको प्रमुखलाई बोलाइन्छ।

चीनको सबैभन्दा शक्तिशाली नेतालाई महासचिव वा जे सुकै भने पनि के फरक पर्छ ! तर यसले फरक पार्छ। विश्वका प्रायः सबै देशमा राष्ट्रपति उच्च पद हो भने जनताले आफ्नो उम्मेदवार छान्छन् चाहे त्यो अमेरिका होस् वा अन्य कुनै देश ।

तर, कम्युनिस्ट देशहरूमा भने यसबारे अन्योल थियो । चीनमा हरेक पाँच वर्षमा चुनाव हुन्छ। सत्तारुढ कम्युनिष्ट पार्टीको काङ्ग्रेसले पार्टीको नेतृत्व कसले गर्ने भन्ने निर्णय गर्छ । जसले पार्टी चलाउँछ, देशको कमाण्ड पनि उसैको हातमा जान्छ । यो प्रक्रियामा जनताको हात छैन ।

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको नेता जनताको निर्वाचनविना नै तय भएको भन्दै अमेरिकाले विरोध गरेको छ । सन् २०२० मा अमेरिकाको हाउस अफ फरेन अफेयर्सले मस्यौदा तयार गरेको थियो ।

नेम द एनिमी एक्ट नामको यो मस्यौदामा कुनै पनि देशको नेतालाई भ्रामक उपाधिले सम्बोधन गर्नुको सट्टा उनी वास्तवमा जे हुन् त्यही उपाधिले बोलाउनुपर्छ वा लेख्नुपर्छ भन्ने लेखिएको थियो । यसमा चीनको विशेष उल्लेख गरिएको छ । अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओले पनि जिनपिङलाई चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव भन्न थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *