… तिमीलाई कुरिरहें (कविता)

दिनेश घिमिरे
४ चैत २०७९ ८:४१

तिमी सूर्य भएर उदाउँछौ कि भनेर
हरेक बिहानीको प्रहरमा कुरेर बसेँ
तिमीआकासकोउज्यालोमा उदायौ
म कन्दरा भित्र अध्यारोमा कुरिरहें

तिमी चन्द्रभएर उदाउँछौ कि भनेर
हरेक रातहरूको प्रहरमा कुरेर बसेँ
तिमी आकासको उज्यालोमा उदायौ
म धर्तीभित्रको अध्यारोमा कुरिरहें

तिमी बर्षा भएर आउछौ कि भनेर
हरेक बर्षामा आशु रोकी कुरेर बसेँ
तिमी सागरभित्र बर्षा भएर आयौं
म विरहको बेदना भित्र कुरिरहें।

तिमी खुशी बनेर आउछौ कि भनेर
म हरेक दुखहरूको साथमा बसेँ
तिमी शून्य आकाशमा हराइरह्यौ
म सृष्टिका आकारहरूमा कुरिरहें।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *