कांग्रेस वर्तमान सरकारमा सहभागी हुने निर्णय {भिडियो}

डिसी नेपाल
५ चैत २०७९ १३:११

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनका लागि चारवटा मापदण्ड निर्धारण गरिएको छ । जसमा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलन रहेको प्रवक्ता महतले बताए। उनले संविधानको रक्षा, बृहतर देशको बिकास र समृद्धि तर्फ सरकारले काम गर्ने अपेक्षा सहित सरकारमा सहभागी हुने निर्णय गरेको उनले बताए।

बैठकले उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवलाई बधाई र शुभकामना व्यक्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *