एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने {भिडियो}

डिसी नेपाल
५ चैत २०७९ १४:४८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो । सरकारमा जाने नजाने बिषयमा अहिले कुनै छलफल नभएपनि सत्तापक्षको बेञ्चमा बसेपछि सरकारमा जान सकारात्मक नै रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टी महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ भने घनश्याम भुसाललाई महासचिवमा मनोनयन गर्ने निर्णय गरेको खतिवडाले बताए। यस्तै बैठकले पार्टीका ४ जना केन्द्रिय उपाध्यक्षहरु घनेन्द्र वस्नेत, केदार न्यौपाने, धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रिय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रिय सचिवालयको संख्या १९ पुगेको प्रवक्ता खतिवडाले बताएका हुन् ।

महासचिवमा मनोनित भएका भुसाल केहि समय अघि मात्रै समाजवादीमा प्रवेश गरेका थिए ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *