रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने (भिडियो)

डिसी नेपाल
५ चैत २०७९ १५:०७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ । पार्टी कार्यालय बसुन्धारामा आइतबार बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले आफ्ना मुद्धाहरुलाई अघि बढाउनका लागि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाईले जानकारी दिएका छन् ।

न्युनतम साझा कार्यक्रमका रहेका रास्वपाका शिक्षा, स्वास्थ्य, भ्रष्टाचार लगाएतका मुद्धाहरुलाई कार्यान्वयनका लागि पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरिएको उनको भनाइ छ । प्रसाईले आफुहरुको मुद्धा कार्यान्वयन नहुने अवस्था आए सरकारलाई दिएको समर्थनमा पुनर्बिचार गर्न सकिने जिकिर गरे ।

त्यस्तै अहिले नै सरकारमा जाने बिषयमा कुनै छलफल नभएको भएपनि सरकारमा गएर जनताका मुद्धाहरुलाई अघि बढाउनुपर्नेमा आफ्नो जोड रहेको प्रसाइले बताए। भिडियो हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *