एकीकृत समाजवादी: सरकारमा जाने बिषयमा गृहकार्य गर्न कार्यदल गठन {भिडियो}

डिसी नेपाल
७ चैत २०७९ १४:०६

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने बिषयमा गृहकार्य गर्न कार्यदल बनाएको छ । पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको नेकपा समाजवादीको सचिवालय बैठकले सरकार गठनको सम्पूर्ण प्रक्रियाको गृहकार्य गर्नका लागि कार्यदल बनाउने निर्णय गरेको हो ।

कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहनुभएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । कार्यदलले पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुले गर्ने काम, नीति निर्माणका बिषयमा छलफल गर्ने उनले बताए । त्यस्तै कार्यदलले केन्द्रदेखि प्रदेश मन्त्रालयको बाँडफाँट र सरकारको एजेन्डाहरुका बारेमा छलफल गर्ने उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सरकारमा जानका लागि नीति, सिद्धान्त र कार्यक्रम, मन्त्रीको बाडफाट, लगाएतका बिषयमा कार्यदलले प्याकेजमै निर्णय गर्ने जानकारी दिए।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा पनि छलफल भएको नेताहरुले जानकारी दिएका छन् ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *