गोरखा सेवा समाज कतारको १२औं साधारणसभा सम्पन्न

डिसी नेपाल
११ चैत २०७९ १७:५९

दोहा। ‘तन, मन, वचन र कर्मले सेवा गरौं।’ भन्ने उद्देश्यका साथ २००३ मा कतारमा स्थापना भएको गोरखा सेवा समाज कतारले आफ्नो १२ औं साधारणसभा सम्पन्न गरेको छ।

शुक्रबारका सनैयास्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा भएको साधारणसभामा नेपालबाट आएका मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवता प्रवर्द्धन, नेतृत्व क्षमता विकास तथा आमा सेमिनार कार्यक्रम मार्फत सभाकक्षमा उपस्थित दर्शकहरूलाई आत्ममुग्ध परेका थिए।

देशव्यापी रूपमा मानवता प्रवर्द्धन अभियान चलाइरहेका अधिकारीले अबको दुई बर्षभित्रमा नेपालका सडकमा कोहीपनि मानव बेसहारा बन्न नपर्नेगरी मानव सेवा आश्रमले काम गरिरहेको बताए।

नेपालका विभिन्न १३ जिल्लालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला घोषणा गरिसकिएको छ भने केही जिल्लाहरूमा मानव मन्दिरको गुरूयोजना अन्तर्गतको काम भएको उनले जानाकारी दिए।

गोरखा सेवा समाज कतारका ११औं कार्यकालका अध्यक्ष रामजी खत्रीको नेतृत्वमा रहेको टिमले गोरखा जिल्लाको पोखरीथोकमा रहेको निर्माणाधीन बाल मन्दिर सम्पन्न गर्नका निमित्त पाँच लाख एघार हजार एक सय एघार रूपयाँको चेक हस्तान्तरण गरेको थियो।

समाजको १२औं साधारणसभामा ११औँ कार्यकालको कार्यप्रगति विवरण प्रस्तुत गर्दै समाजका बरिष्ठ उपाध्यक्ष ओम गुरूङले झण्डै ३८ हजार कतारी रियाल समाज हितमा पुण्यदान गरेको बताए।

कार्यक्रम महासचिव विकास श्रेष्ठले सञ्चालन गरेका थिए। कार्यक्रममा दोहामा रहेका विभिन्न वैचारिक संगठन, सामाजिक संस्थाहरूको बाक्लो उपस्थित रहेका थियो।

१२ औं साधरणसभाले ओमराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको छ।

यस्तो छ नव गठित कार्यसमिति
अध्यक्ष- ओमराज गुरुङ

वरिष्ठ उपाध्यक्ष- विमल न्यौपाने

उपाध्यक्ष- विकास श्रेष्ठ
उपाध्यक्ष- सुजन धिताल
महासचिव – अर्जुन सङ्ग्रौला
सचिव- रुद्र भट्ट
कोषाध्यक्ष – राजेन्द्र पराजुली
गोरखा नगरपालिका संयोजक- उत्तम श्रेष्ठ
पालुङटार नगरपालिका संयोजक-अशोक श्रेष्ठ
सिराञ्चोक गॉउपालीका संयोजक- सूर्य बहादुर गुरुङ
अजिरकोट गॉउपालीका संयोजक- रविन गुरुङ
आरुघाट गॉउपालीका संयोजक- चन्द्र नेपाली
सदस्यहरू क्रमश:- दिनेश थापा, चित्र बहादुर थापा, इन्द्र बहादुर नेपाली




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *