चैती छठः अस्ताउँदो सूर्यलाई अर्घ चढाइयो
जनकपुर। मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा सोमबार चैती छठ पर्व मनाइएको छ।
चैती छठको महत्वपूर्ण दिन सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अध्र्य दिइएको छ भने मंगलबार बिहान उदाउँदो सूर्यको अध्र्य दिएपछि सम्पन्न हुनेछ।
जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागर लगायत विभिन्न जलासयहरुमा छठ पर्व मनाउने व्रतालु महिलाहरुको भिड लागेको थियो।
धार्मिक मान्यता अनुसार चैती छठ पर्व गर्नाले सोचेको मनोकामना पूरा हुने शरीरमा हुने चर्म रोग निको हुने, सन्तान प्राप्त हुने विश्वास रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment