भ्रष्टाचारलाई प्रहार गर्ने नेपाली विचारको तरबार

खगेन्द्रराज सिटौला
१७ चैत २०७९ ७:२६

भ्रष्टाचारलाई प्रहार गर्ने नेपालको माउ विचार छ भन्ने नेपालका सबै नेता तथा दलहरुलाई थाहा छ तर थाहा नपाएको अभिनय गरिरहेका छन्। नेपालको भ्रष्टाचार विरोधी माउ विचारले सबै खाले भ्रष्टाचार र भ्रष्टहरुलाई निचर नाचर पार्न सक्छ।

यो विश्वभरको भ्रष्टाचार विरोधी साझा वैचारिक हतियार हुन सक्छ। आज यहाँ चर्चा यसैको गर्न खोजिएको छ। भ्रष्टाचारलाई प्रहार गर्ने नेपालको विचारको तरबारको अर्थात भ्रष्टचार विरोधि नेपाली माउविचारको।

‘नियानिसाप बिगान्र्या भन्याको घूस दिन्या र घूस षान्या इन दुईको ता धन जीव गरिलियाको पनि पाप छैन ई राजाका (राज्यका, राज्यकेन्द्रका, राजनेताका हरेक तहका प्रमुखका-ले.) महासतुर हुन्’।

यो भ्रष्टाचार विरोधी नेपालको माउविचार हो। नेपाल राष्ट्रका निर्माता एवं बडानेता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहाले अघिसारेको हो। यो भ्रष्टाचारविरोधी आधुनिक नेपालको आदि विचार हो।

राष्ट्र निर्माण गर्ने बडानेताको सुशासन पनि निर्माण गर्ने यो बडो विचार जब व्यावहरमा आउँछ तब भ्रष्टाचार पछारिन थाल्छ। भ्रष्टहरु थेचारिन थाल्छन्। किनकि पृथ्वीविचार भ्रष्टाचार विरोधी साचै बलियो हतियार हो।

यो भ्रष्टचारलाई प्रहार गर्ने नेपाली विचारको तरबार हो। आउनुहोस् यो विचारको तरबारको मर्म समातौ र भ्रष्टाचार निर्मुल पार्ने उपायाको खोजी गरौं।

सबैलाई थाहा भएकै हो नेपाल मात्र होइन कि विश्व नै घुसखोरी कमिशनतन्त्र र भ्रष्टाचारले अक्रान्त भएको छ। घुस, भ्रष्टाचारले मूल्य र मान्यतालाई समाप्त पारिरहेछ। राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, धार्मिकलगायत सबै क्षेत्रमा विकृति,विसंगति अराजकता र अविश्वसनीयता बढाएको छ।

निमुखाले प्राप्त गर्नुपर्ने न्याय, आय,सेवा, विकास र समृद्धि उनीहरुको हातबाट खोसिरहेको छ। सामाजिक असमानता, भेदभाव र अशान्तिलाई बढाइरहेको छ। व्याक्ति-व्यक्तिको नैतिकतालाई स्खलित गराउँदै राज्य तथा समाजका हर अंगलाई पंगु बनाएर लगिरहेछ।

अझ डरलाग्दो कुरो त घुस र भ्रष्टाचारलाई राजनीतिले पछार्नु पर्नेमा उल्टो राजनीतिले नै बोकिरहेको छ संरक्षण दिइरहेछ भ्रष्टाचारलाई जताततै। घुस भ्रष्टाचारले गर्दा मौलाएको तस्करी तथा कालो धन्धाले सिंगो मानव समाजलाई नै संकटतिर धकेलिरहेको छ।

पैसाका लागि सूचना बेच्ने र राष्ट्रका दुश्मनसँग समेत साँठगाँठ गर्नेहरुले राष्ट्र्रिय सुरक्षामा समेत खतरा बढाएका छन्। विखण्डन आतंकको आधार बढाएका छन् जताततै विश्वभरमा।

घुस खाएर भ्रष्टाचारीहरुले राष्ट्रहितविपरित सौदावजी गर्न सक्छन्। सन्धी सम्झौताा गर्न सक्छन्। विदेशीहरुसँग साँठगाँठ गरेर राष्ट्रहितका ठूलठूला आयोजनाहरु र उद्योगहरु चौपट पार्न सक्छन्।

जनताको स्वास्थ्य, शिक्षा माथि खेलबाड गर्न सक्छन्। हतियार कमिसनको लोभमा युद्धको खेती गर्न सक्छन्। देशका गोप्य सूचनाहरु बेच्न सक्छन्। स्वच्छ राजनीतिलाई भ्रष्ट व्यवसाय बनाउन सक्छन् भने स्वच्छ व्यवसायलाई बर्वाद पार्न सक्छन्।

राज्यका सबै अंगहरु कार्यपालिका,न्यायपालिका व्यवस्थापिका तथा चौथो अंग पत्रकारिता र राजनीति सन्चालन गर्ने दलसमेतलाई बदनाम र पथभ्रष्ट बनाउन सक्छन्।

घुस खाएर भ्रष्टाचारीहरुले राष्ट्रहितविपरित सौदावजी गर्न सक्छन्। सन्धी सम्झौताा गर्न सक्छन्। विदेशीहरुसँग साँठगाँठ गरेर राष्ट्रहितका ठूलठूला आयोजनाहरु र उद्योगहरु चौपट पार्न सक्छन्।

तसर्थ सबै क्षेत्रलाई बर्बाद बनाउने घुस भ्रष्टाचार र यसका स्रोतहरुलाई निमिट्यान्न पार्न विश्वव्यापी रुपमा पृथ्वीविचारको नेतृत्वमा नयँ साझा तर सशक्त अभियानको खाचो छ। भ्रष्टाचार विरोधी नेपाली विचारको तरबार याने पृथ्वीविचारको तरबार सबै भ्रष्टहरुको शिरमाथि फनफनी फन्का मार्नै पर्ने हुन्छ।

भ्रष्टाचारलाई सबै क्षेत्रबाट सशक्त र चोटिलो प्रहार गरेर मात्र यो विरुद्धको लडाईंमाथि विजय हासिल गर्न सकिन्छ। उच्च नैतिकता र मनोबलले मात्र यसका विरुद्ध लडाईं लडेर जित्न सकिन्छ।

कुनै पनि लडाईं जित्नलाई सुस्पस्ट र सशक्त वैचारिक हतियारको जरुरी हुन्छ। भ्रष्टाचारलाई तह लगाउन पृथ्वीविचारभन्दा बलियो वैचारिक हतियार विश्वमा विरलै होला। तसर्थ भ्रष्टाचाररुपी मानव सृजित सामाजिक रोगको उपचार पुथ्वीविचार नै हो भन्ने सत्य बुझ्न कति पनि ढिलो गर्नु हुँदैन।

भ्रष्टाचार विरुद्धको लडाइमा होमिन चाहने जो कोहीले पनि पृथ्वी विचारलाई वैचारिक अश्त्रकारुपमा लिनै पर्दछ। भ्रष्टाचारीहरुको भ्रष्टाचारको हार तब हुन्छ जब ती माथि भ्रष्टाचारविरोधी पुथ्वी विचार सवार हुन्छ। र, भ्रष्टचार विरोधी पृथ्वी विचारको तरबारले प्रहार गर्न थाल्छ निर्ममतापूर्वक शिरदेखि पाउसम्म।

माथि नै भनियो न्याय, विकास, व्यापार, धर्म संस्कृति, समाज, राजनीति, अर्थनीति प्रशासन आदि इत्यादि सबैलाई बिगार्ने भनेको नै भ्रष्टाचार नै हो। घुस लिन-दिन बाध्य पार्ने दुवै आर्थिक अपराधीलाई राज्य र नेतृत्वको शत्रु मानेको छ पृथ्वी विचारले।

यस्ता अपराधीलाई कडा सजाय दिनु भन्ने पृथ्वीनारायणको मत नै भ्रष्टाचार विरोधी पृथ्वी विचार हो। घुस र भ्रष्टाचारले अपराध गर्ने र अपराधसम्बन्धी धेरै कुरालाई ढाकछोप गर्ने हुनाले यिनीहरुलाई पृथ्वी विचारले महाअपराधी मानेको हो।

त्यसैले पृथ्वीनारायणले यस्ता भ्रष्ट अपराधीहरुलाई राज्यको शत्रु ठानेको हो। यस्ता भ्रष्टहरुको सम्पति जफत गर्ने र ज्यान सजायां सम्म दिन सकिने कानूनको वकालत गर्छ पृथ्वी विचारले।

सुशासन, सामाजिक न्याय,विकास, स्वच्छ राजनीति तथा अर्थतन्त्रलाई सुदृढ बनाउन र जनमुखी प्रजातन्त्रलाई सफल बनाउन घुस, भ्रष्टाचार र कमिसनतन्त्रलाई नियन्त्रण गर्न भ्रष्टाचार विरोधी पृथ्वी विचारलाई सम्मान गर्दै सकृय बनाउनै पर्दछ।

घुस,भ्रष्टाचार र कमिशनको सञ्जाल राष्ट्रियस्तरमा मात्र सिमित छैन। अन्तर्राष्ट्रियस्तरमा नै यसको सन्जाल फैलिएको छ। ठूल्ठूला भ्रष्टहरुले कालो अवैध धन अर्को मुलुकमा लुकाउन वा सेतो वैध बनाउन लान्छन्।तर भ्रष्टहरुको लागि त कुनै पनि मुलुक सुरक्षित नहुनुपर्ने होइनर? हो भ्रष्टचारको लागि संसारको कुनै पनि मुलुक सुरक्षित बासस्थान हुनुहुँदैन।

संसारभरका सबै भ्रष्टहरुलाई लखेट्न पृथ्वी विचार संसारभर पुगेको हुनुपर्दछ। संयुक्त राष्ट्रसंघ मार्फत पृथ्वीविचार उसका सबै सदस्यराष्ट्रमा पुग्नुपर्दछ र भ्रष्टचार विरोधी लडाइमा सामेल हुनुपर्दछ। जब सबै मुलुकमा भ्रष्टाचार विरोधी कडा कानुन बन्छ र भ्रष्टहरुमाथि प्रहार सुरु हुन्छ तब त्यहाँ पृथ्वी विचार पुगेको मानिने छ।

संयुक्त राष्ट्रसंघ वा भ्रष्टाचार विरोधी अन्तराष्ट्रिय निकाय पृथ्वीविचारले निर्देशित हुनुपर्दछ। भ्रष्टाचार गरेको सम्पति जफत गर्ने र ज्यान सजायसम्म दिन सकिने कडा कानुन संयुक्त राष्ट्रसंघले सबै मुलुकमा बनाउन लगाउनु पर्दछ।

भ्रष्टाचार गरेको सबै कालोधन र भ्रष्ट व्याक्ति सम्बन्धित मुलुकमा फर्काउने सन्धी सम्झौता सबै भ्रष्टाचार विरोधी मुलुक बिचमा हुनुपर्दछ। तर विडम्बना भ्रष्टचारको सबभन्दा बढी विरोध गर्ने र सुशासनको वकालत गरेर नथाक्ने कतिपय पश्चिमा मुलुकहरुका बैंकहरु नै भ्रष्टहरुका सबभन्दा सुरक्षित स्थान छन्।

गरिब मुलुकका गरिबहरुको गाँस भ्रष्टहरुले खोसेर धनी मुलुकमा लाने अनि त्यही कालोधनको सानो अंश लिएर पश्चिमाहरु गरीब मुलुकमा भ्रष्टाचार विरोधी सुशासनको शिक्षा दिन आउँछन्।

यो भन्दा व्यंग के हुनसक्छ भ्रष्टाचार विरोधी युद्धको मैदानमा। अब पश्चिमाहरुलाई भ्रष्टाचार विरोधी शिक्षा दिन पृथ्वी विचार पश्चिमा मुलुकमा पुग्नुपर्दछ र सबै भ्रष्टचार र भ्रष्टहरुलाई पछार्न थाल्नु पर्दछ।

हामीसँग भ्रष्टचार विरोधी यति बलियो पृथ्वीविचारको तरबारलाई बेवास्ता गर्दै भ्रष्टाचार विरोधी लडाई लड्न पश्चिमाहरुले खडा गरेको ट्रान्सपरेन्सि इन्टरनेसनलको आडलाग्नु पर्ने होर नेपालले?

नेपालका भ्रष्टाचार विरोधी विचारका बडानेता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको भ्रष्टाचार विरोधी विचारलाई बलियो कानुनी र नैतिक हतियारको रुपमा प्रचारित गर्नुपर्दछ। एकतिर माथि भनिए जस्तो पृथ्वी विचारको मर्मनुसारको भ्रष्टाचार विरोधी कडा कानुन बनाउनु र लागु गर्नुपर्दछ।

अर्कोतिर भ्रष्टाचार विरोधी जनमत बढाउन, जनताको नैतिक मनोवल उच्च बनाउन र बनाइराख्न एउटा प्रभावकारी उपाया छ। त्यो उपाय हो नेपालका सबै नोटमा राष्ट्रनिर्माताको तस्विर राख्ने हो।

अनि नोटको वरीपरि घूस लिने दिने दुबै राज्यका शत्रु हुन् र तिन्को सम्पति जफत गर्नृ र ज्यान सजाय दिँदा पनि पाप लाग्दैन भन्ने बढो उक्ति लेख्नु पर्दछ। यसले भ्रष्टाचार विरोधी जनमत बढाउँछ र भ्रष्टाचार घटाउन मदत गदर्छ। यस्तो सिको अरु विश्वले पनि गर्नेछन्।

कार्यपालिका, न्यायपालिका व्यवस्थपिकालगायत सवै कार्यलयमा भ्रष्टाचार विरोधी पृथ्वी विचारको उक्त उक्ति लेख्नु पर्दछ। भ्रष्टाचार विरोधी माउविचार पृथ्वी विचार जन्मेको मुलुक नेपालमा भ्रष्टाचार बढ्नु र सबै क्षेत्र भ्रष्टाचारले सड्नु निश्चय नै राष्ट्रिय लज्जा हो।

तसर्थ भ्रष्टचारलाई निर्ममतापूर्वक प्रहार गर्ने भ्रष्टचार विरोधी नेपाली विचारको तरबारलाई खिया लाग्न नदिएर धारिलो बनाई राख्न प्राथमिक तहदेखिको पाठ्य पुस्तकमा भ्रष्टचार विराधी पृथ्वी विचारलाई पाठ्य सामग्रीको रुपमा सामेल गर्नु पर्दछ। जसले भ्रष्टचार विराधी नैतिकवान् नागरिक बनाउन पूर्वाधारको काम गरोस्।

ट्रान्सपरेन्सी इन्टरनेशनल भन्ने भ्रष्टाचार विरोधी संस्थाले पृथ्वीविचारलाई भ्रष्टाचार विरोधी नेता विचार नमानेसम्म उसको भ्रष्टाचार विरोधी लडाई अधुरो नै हुन्छ।

गैह्रसरकारी संस्थाकाे नाममा पश्चिमाहरु आएर डलरको बाढी बगाएर राज्यका, समाजका हरेक अंगलाई भ्रष्ट बनाएर लाने अनि तिनै भ्रष्ट संस्थाहरुबाट भ्रष्टाचार विरोधी सुशासनको अर्ति नेपाली जनतालाई सुनाएको पश्चिमाहरुलाई लखेट्ने पृथ्वीनारायणले सुनेभने के भन्लान्?

भ्रष्टाचार माथि प्रहार गर्ने पृथ्वीविचारको झण्डा उठाउँदै भ्रष्टाचार विरोधी सुशासनका पक्षपातिहरु एक भएर अगि बढौ र भ्रष्टाचारको विरुद्ध लडौं।

नेपाल राष्ट्रका निर्मातालाई अपमान गर्ने, किनारामा धकेलेर नेपाली जनको मन मस्तिस्कबाट विस्मृतिको खाडलमा जाक्न चाहने देशी विदेशीहरुको षडयन्त्रलाई नेपाली जनताको देशभक्तिपूर्ण एकताले चकानाचुर पारौं। भ्रष्टचारको विरुद्धमा सुशासनसहितको समृद्ध नेपालको लागि एक ढिक्का भएर अघि बढौं।

जति ठूलो पद त्यतिनै भ्रष्टचार विरोधी उच्च कद भन्ने मत नेपाली सुसाशनका जनक पृथ्वीनारायण शाहकको हो। नत्र किन भ्रष्टहरु राजाका शत्रु भनेर घोषणा गर्दथे। पृथ्वीनारायणले चाहे जस्तै हरेक तह क्षेत्रका प्रमुखहरुले भ्रष्टचारलाई शत्रु ठानेर भ्रष्टचार विरोधी लडाई माथिदेखि तलैसम्म लैजाने हो भने यो युद्ध जितिदैनर?

तर उल्टो भएको छ भ्रष्टचारको जराहरु शिरमाथि गाडिएको छन् संसारभरि नै। र माथिबाटै शब्दमा होइन व्यवहारमा पृथ्वीनारायणले भने जस्तो शत्रु नठानिएर भष्टचार मित्र ठानिएको छ। माथिबाट नै मल र बल पाएको छ भ्रष्टचारले।

र नै संसारभरि मौलाउँदो छ भ्रष्टचार। भ्रष्टचार विरोधी नेपाली विचारको तरबारको प्रहार नै भ्रष्टचारको सहि उपचार। पृथ्वीविचार सबै खाले भ्रष्टचार र भ्रष्टहरुलाई तह लाउने राष्ट्रको मूलविचार सबैमा चेतना भया।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *