इरानी न्यायपालिकाका प्रमुखले भने- हिजाब नलगाउने महिलालाई कुनै दया नदेखाइ कारवाही गरिनेछ
काठमाडौं । इरानको न्यायपालिका प्रमुख गुलाम हुसेन मोहसेनी एजेईले कुनै दया बिना हिजाब नलगाउने महिलालाई कानुनी कारबाही गरिने बताएका छन्।
गुलाम हुसेन मोहसेनी एजेई भन्छन् कि हिजाब बिना बाँच्नु इरानको धार्मिक मूल्य मान्यतालाई बेवास्ता गर्नु बराबर हो।
दुई दिनअघि इरानको आन्तरिक मन्त्रालयले अनिवार्य हिजाब लगाउने विषयमा यस्तै कडा बयान दिएको थियो ।
हिजाब लगाउने विरोध गरेकी महसा अमिनी नामकी युवतीको मृत्यु भएपछि इरानभर विरोध प्रदर्शन भएको छ ।
हिजाब अनिवार्य लागू गर्ने कार्यदलको हिरासतमा रहँदा महसा अमिनीको मृत्यु भएको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment