पत्थर : जसकाे रजस्वला रोकिँदा अत्तालिएको थिएँ

देवता ठानेर शिरमा रगत चढाएँ
द्वीप बालेँ ताकि जीवन रंगिन होस्
तर पत्थर रहेछौ!
पत्थर तिमी महान छौ!
मुर्दाहरुको शौचालयमा
मार्बल बनेर टल्किन पनि जान्ने
सिङ्गमर्मर बनेर
दरबारको भित्ताहरुमा झल्किन पनि जान्ने
बिस्तरा मुनिको भुईँमा
टायल बनेर सजिन पनि जान्ने!
सल्किन पनि जान्ने!
पल्किन पनि जान्ने!
अरे वाह् पत्थर तिमी महान छौ!
सिपालु,नशालु,बिषालु सब्बै छौ
वाह्!पत्थर तिमी महान छौ !!!!

तिमी गाउँमा घरको छानो बन्न पनि सक्छौ
शहरमा महलको खम्बा बन्न पनि सक्छौ
कलाकार बिना कला देखाउन सक्छौ
कतै झाडी अनि गल्लिहरुमा
मूर्ति बन्न सक्छौ मन्दिरहरुमा
पहिरो ल्याउन सक्छौ कसैको घरहरुमा
तर तिमीलाई थाहा छैन
तिमीले बस्ती पनि बनाउन सक्छौ शहरहरुमा
वाह् पत्थर तिमीलाई सलाम छ,तिमी महान छौ!!

न जन्मिनुको तिमीलाई अर्थ छ
न जन्माईनुको
न बाच्नुको लाज छ तिमीलाई
न बचाउनुको
कुल्चँदा पनि दुख्दैन तिमीलाई
कुँद्दा पनि दुख्दैन
चिहानमा भेटिँदा पनि चोखो तिमी
बिहानमा भेटिँदा पनि चोखो
वाह्! पत्थर तिमी महान छौ !!!

मन्दिरले बहिस्कार गर्दा पनि शुद्ध
मुर्दाले स्वागत गर्दा पनि शुद्ध
वाह्! पत्थर तिमी महान छौ!!
मलाई थाहा छ,
म हिँड्ने बाटो पनि पत्थर ले बनेको छ
तिमीलाई कुल्चिनु पर्छ भनेर
म त्यो बाटो कहिले हिंडिन
तिमीलाई दुख्छ भनेर
पाइतला कहिले भुईँमा राखिन
किनकी
त्यो बाटो पनि पत्थरले बनेको छ
र तिमी त्यो महान पत्थर हौ
हो तिमी त्यही महान पत्थर हौ
जसकाे रजस्वला हुँदा म अताल्लिएको थिएँ
रोकिँदा म छट्पटिएको थिएँ
तिमी त निर्जिव न पर्‍याै
बस पर्खाल बनेर
ऊभिन सक्छौ मेरो छातिमाथि
तर भर्‍याङ बनेर
चढ्न सक्दैनौ मेरो मस्तिस्क माथि
ठोकिन सक्छौ किनारमा
अबिरल नदिका छालहरुसँग
तर बग्न सक्दैनौ पुल बनेर मेरो मुटु माथि
मेरी पत्थर,
धेरै चिसिएको छ मन
तताउन सक्दैनौ तिमी जलेर आगो बने पनि
हुनत तिम्रो सुन्ने कान छैन
हेर्ने आँखा छैन तर पनि भन्छु अन्तिम पटक
रोकिने र भेटिनेको भर राख !!
ठोकिने र मेटिनेको डर राख !!
पत्थर तिमीलाई सलाम! तिमी महान छौ!!!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *