जापानको फुजी हिमाल आरोहणका क्रममा नेपाली युवाको निधन

बिक्रम पौडेल
२५ चैत २०७९ २२:४८
37.2k
Shares

टोकियो। जापानको माउन्ट फुजी चडने क्रममा दुर्घटनामा परि एक नेपाली युवाको निधन भएको छ।

सोलुखुम्बुको नाम्चे घर भएका छिरिङ शेर्पा सहित दुईजना जापानी नागरिक र एकजना अमेरिकी गरी जम्मा चार जनाको टोली फुजी हिमाल आरोहण गरी फर्कने क्रममा दुर्घटनामा परि शेर्पाको निधन भएको हो।

फर्कने क्रममा एक जापानी नागरिक चिप्लिएर चोट लागेको खबर पाएपछि उद्धारको लागि हेलिकप्टरको साहयता लिएपनि प्रतिकुल मौसमका कारण घटनास्थलमा हेलिकप्टर बस्न नसकेपछि १५ जनाको उद्धार टोली पठाई घाइतेलाई नजिकैको अस्पताल ल्याइएको थियो।

मृतक शेर्पाको शव भने प्रतिकुल मौसमको कारण अप्रिल ५ तारिख (एक सातापछि) घटनास्थलबाट टोकियो ल्याइ परिवारले शव जिम्मा लिएको थियो।

मृतक शेर्पा, शेर्पा संघ जापानको सल्लाहकार समेत थिए। उनी श्रीमती र २ जना छोरासहित करिब २ दशकदेखि जापानको खानागावा केनमा बसोबास गर्दै आईरहेका थिए।

उनको शव अप्रिल १० तारिख जापानमानै अन्तिम दाहसंस्कार गरिने भएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *