गजल : रोकेर के हुन्छ

बालकुमारी घिमिरे गजलिका
३ वैशाख २०८० ७:०३

सके रोक मेरा पाउ रोकेर के हुन्छ
म पत्थर हुँ हावामा बजारेर के हुन्छ

तिमीले मलाई निर्धो ठानेर के हुन्छ
हुँ लक्ष्मी म निर्धै सम्झ सम्झेर के हुन्छ

तिमीले दिएका लाख पीडा हियामा छन्
वदनमा दली साबुन पखालेर के हुन्छ

तिमी आफू ओभानो बनी दोषी मान्दै छौ
म ठिक छु भने सबसँग ढाँटेर के हुन्छ

पहिल्यै छु फन्दामा म मृगझैं सिकारीको
तिमी हान्छु भन्छौ बाण हानेर के हुन्छ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *