सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने (भिडियो)

डिसी नेपाल
३ वैशाख २०८० १६:१५

काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सातौं प्रतियोगिता सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने भएको छ । आायेजक नेपाल गल्फर एसोसियसनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर सोमबारबाट सुरु हुने जानकारी गराएको हो । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुने एसोसियसनले जनाएको छ ।

प्रतियोगितामा ३२ प्रोफेसनलसहित एमेच्योर गल्फरको सहभागिता रहने छ भने विजेताले १ लाख ४० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ९० हजार तथा तेस्रोले ६७ हजार पाउनेछन् ।
यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *