थप १०८ जनामा कोरोना, संक्रमण दर बढ्न थाल्याे

डिसी नेपाल
६ वैशाख २०८० १६:४९

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ७८ जनाको पीसीआर र १ हजार ६ सय ७२ जनाको एन्टिजेन गरी २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ३८६ पुगेको छ भने ६६ जना निको भएर घर फर्किएका छन् । यसैबीच पछिल्लो समय संक्रमण दर बढ्न थालेपछि सरकारले संक्रमण थप फैलन नदिन सतर्कता अपनाउन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएमा तत्काल आइसोलेसनमा बस्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

संक्रमण भएपछि आइसोलेसनमा ५ दिनभन्दा बढी समय बस्दा कुनै पनि लक्षण नदेखिए र २४ घण्टाभित्र औषधि नखाई ज्वरो कम भएमा त्यस्तो व्यक्ति सामान्य दैनिकीमा फर्कन मिल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्वरो आउन कम नभएमा र सास फेर्न कठिनाई भए ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मन्त्रालयको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *