भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु

डिसी नेपाल
७ वैशाख २०८० १८:५०
364
Shares

रुकुम पश्चिम । भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा मृत्यु हुने दुई पुगेका छन् । दुवै मृतक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतको बहराइच जिल्लाका अन्दाजी ४० वर्षीय पुर्षोतम राजकुमार र अन्दाजी ४० वर्षिय धर्मेन्द्र गौतम छन् ।

दुर्घटनमा परी ३ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी निमराज भट्टराईले बताए । घाइते मध्धे चार जनाको अवस्था सामान्य छ । गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टर कोहोलपुर मेडिकल कलेज लगिएको छ । उक्त पुलमा नौ जना कामदार खटिएका थिए ।

जसमध्ये ८ जना भारत बहराइच जिल्ला मधुवापुरका र १ जना नेपालको नवलपरासीका छन् । गम्भीर घाइते हुनेमा भारत बहराइच मधुवापुरका ३२ वर्षिय सञ्जयकुमार गौतम, ६० वर्षीय राजकुमार हरिजन चमार र बर्दिया नगरपालिका– १० का ३८ वर्षीय गोपाल चमार भन्ने हरिजन छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी भट्टराईले बताए ।

भारत बहराइच मधुवापुरका ३२ वर्षिय गोरख नाथ, सोही ठाउँका ५० वर्षिय मैकु गौतम र १९ वर्षिय सोनु चुमार र नवलपरासीका क्रेन चालक २५ वर्षिय निरजकुमार चौधरीको अवस्था समान्य छ । उनीहरूको उपचार जाजरकोटकको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *