पहिलो भिडियोमै कुसुमको अविश्वसनीय प्रसिद्धि
काठमाडौं। चितवनको कालिका मेडिकल कलेजबाट नर्सिङमा डिप्लोमा गरेकी कुसुम शर्मा आफ्ना साथीसँग भन्थिन् ‘म त हिरोइन् हुन्छु।’ साथीहरूले उनका कुरा सुने तर पत्याएनन्।
विदेशमा समेत राम्रो स्कोप भएको नर्सिङ पढेकी कुसुम विदेशै जान्छिन् भन्ने उनका साथीहरूलाई लागेको थियो। उनकै केही साथीहरू पनि बिदेसिए। कोही नेपालमै नर्सिङ पेसामा छन्। जो कुसुमको ‘हिरोइन बन्छु’ भन्ने कुरा सुनेर पनि ‘उस्’ भन्दै थिए। अहिले तिनै साथीहरू दंग पर्दै भन्दै छन् ‘कुसुम तैंले त साँच्चै कमाल गरिस्।’
पर्वतमा जन्मेकी कुसुम अहिले सर्वाधिक चर्चित मोडलका रूपमा चिनिन्छिन्। गायक एवं अभिनेता प्रकाश सपुतको स्वरमा रहेको गीत सकम्बरी (फूलमाया)को भिडियोले कुसुमलाई नसोचेको उचाइ दियो। एक सातामै युट्युब च्यानलमा १ करोड भ्युज पाएको सो गीतमा कुसुमले मोडलिङ गरेकी छन्। एक सातामा १९ हजारभन्दा बढी दर्शकले कमेन्ट गरेका छन्।
‘नर्सिङ पढे पनि चलचित्रमा नायिका बन्ने सपना देखेकी थिए। त्यो सपनाको यात्रा मैले पूmलमायाबाट सुरु गरें,’ उनले भनिन् ‘पहिलो गीतबाटै यति धेरै सफलता पाउँछु जस्तो लागेको थिएन ।’ पूmलमाया गीतका लागि मोडल चाहिएको जानकारी सुरुमा कुसुमलाई गीतका सहायक निर्देशक सुनिल सपुतले दिए । गीत सुनेर कुसुम फिदा भइन् र भिडियोका लागि अडिसन दिइन्, ‘प्रकाश, विशाल र सुनिललगायतले अडिसन लिएपछि पास भएको खबर सुनाए । ‘त्यतिबेला म निकै खुसी भएँ,’ कुसुमले भनिन् ।
गीतको भिडियोको स्क्रिप्ट पढेपछि उनी चकित भइन्, ‘गीतको स्क्रिप्ट फिल्मजस्तै थियो । सुनिल थापाजस्तो लिजेन्ड्री अभिनेतासँग काम गर्न पाउनुलाई अर्को उपलब्धिका रूपमा बुझिन् ।’
तीन दिन तीन रात लगाएर छायांकन गरिएको यो भिडियोका लागि कुसुम केही दिन अभिनयको वर्कसपमा पनि बसिन्, ‘सुरुमा त निकै डर लागेको थियो । तर, सुनिल थापा सरदेखि सबै टिमले यति धेरै सपोर्ट गर्नुभयो कि मलाई काम गर्न निकै सहज भयो,’ कुसुमले सुटिङको अनुभव सुनाइन् ।
अहिले यो गीतमा प्रयोग भएको शब्द र भिडियो चर्चासँगै विवादमा पनि छ । कतिपयले आपत्ति जनाएका छन् । तर, कुसुमलाई लाग्छ ‘आपत्ति जनाउनुपर्ने कुनै कारण छैन ।’
पहिलो गीतको भिडियो हिट भएपछि उनलाई दर्जन बढी भिडियोबाट अभिनयको प्रस्ताव आइसकेको छ । अहिले यही गीतको प्रोमोसनमा आपूm व्यस्त भएकाले केही दिनपछि अन्य भिडियोमा काम गर्ने बताइन् ।
उनको चाहना छ फिचर फिल्ममा अभिनय गर्ने । नायिका बन्नकै लागि अभिनय प्रशिक्षणमा लिँदैछिन्, ‘सबैले मन पराउनु भए पनि मेरो अभिनय मलाई अहिले त्यति राम्रो लागेको छैन । चलचित्रमा काम गर्न अभिनय सिक्नु छ,’ कुसुमले भनिन् । राजधानी दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment