त्रिविले सार्‍यो १० गतेको परिक्षा, अब कहिले हुन्छ ?

डिसी नेपाल
८ वैशाख २०८० १४:२७
360
Shares

काठमाडौँ। आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपनिर्वाचनको दिन हुन गइरहेको परिक्षा एकसाता पछि सारेको हो।

गत वैशाख ४ गतेदेखि सुरु भएको स्नातक तह पहिलो वर्षको परीक्षा अन्तर्गत वैशाख १० गते मानविकी र व्यवस्थापन संकायका परिक्षा सञ्चालन हुनेमा सो दिनको परिक्षा सरेको हो।

निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयको आग्रहमा उक्त दिनको परीक्षा वैशाख १६ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *