गजल : मुजारे अखरब
जोड्दै अनेक नाता तनमन उघार्न सक्छन्
स्वार्थीहरूले बुझ्नू घर नै बिगार्न सक्छन्
सबले भएर यौटै ढिक्को जुटे अवश्य
यो राष्ट्र लुट्न खोज्ने वैरी पछार्न सक्छन्
लाखौं उपाय छन् यो धर्ती सिँगार्नलाई
ढुङ्गा कुँदी युवाले हीरा उमार्न सक्छन्
प्यासी बनेर कोही तिम्रो परेर सामु
गर्दै बदनको चर्चा प्याला निथार्न सक्छन्
सोझो बनेर तिनले घरको मियो समाई
आफ्नै भरेर खल्ती ढुकुटी निखार्न सक्छन्
No ads found for this position
प्रतिक्रिया


Facebook Comment