भक्तपुरमा दिगु (देवाली) पूजा मनाइयो (भिडियो)

डिसी नेपाल
१४ वैशाख २०८० १५:०३

भक्तपुर । भक्तपुरमा बिहीबार दिगु (देवाली) पूजा गरिएको छ । भक्तपुरका अधिकांश किसान परिवारले उक्त पूजा गरेका हुन् । पूजामा बोकाको बलि दिने गरिन्छ । स्थानीय केशव कासुलाले दिगु पूजाका अवसरमा कूल परिवारका प्रायः सबै जना जमघट हुने र पूजाआजा गरिसकेपछि सोहि स्थानमा प्रसाद खाने प्रचलन रहेको बताए । दिगु पूजामा बेलविवाह गरेका छोरीलाई सजाएर पूजा गर्ने चलन रहेको संस्कृतिविद्हरुको भनाइ छ ।

भक्तपुरमा तःपुखु (सिद्धपोखरी), रानीपोखरी, चोंगागणेश, कमलविनायकलगायत ठाउँमा दिगु द्यः (देवाली देउता) रहेको स्थानीयहरुको भनाइ छ ।
हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *