रास्वपाको बैठक जारी, सरकारलाई दिएको समर्थनबारे छलफल

डिसी नेपाल
१८ वैशाख २०८० १२:४०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ।

बसुन्धरास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थनबारे छलफल भइरहेको छ ।

पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा छलफल केन्द्रित रहेको छ।

साथै बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको समीक्षा र पार्टीको संगठन विस्तारका विषयमा पनि छलफल हुनेछ।

बैठक बस्नुअघि आइतबार रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *