रास्वपाको संसदीय दलको सचेतकमा डाँगी

डिसी नेपाल
१८ वैशाख २०८० २१:५२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ ।

रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । “हाम्रो पार्टीमा प्रमुख सचेतकका रुपमा म कार्यरत छु”, उनले भने “निशा डाँगीलाई आज सचेतक बनाउने निर्णय गरेका छौँ ।”

बैठकले सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गरेको छ । नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *