मिटरव्याजी समस्या समाधानका लागि कानुन निर्माण गर्न अध्यादेश ल्याउँदै सरकार

डिसी नेपाल
१९ वैशाख २०८० १९:०५
172
Shares

काठमाडौं। सरकारले मिटरव्याजीसँग सम्बन्धीत समस्यालाई समाधानका लागि आवश्यक कानून निर्माण गर्ने भएको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले मिटरव्याजीसँग सम्बन्धीत समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानून निर्माण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

मिटरव्याजीसँग सम्बन्धी समस्या छिटो भन्दा छिटो समाधान गर्नका लागि आवश्यक कानूनी व्यवस्था गर्न लागिएको उनले बताइन्।

प्रवक्ता शर्माले बुधबार पनि मन्त्रीपरिषद् बैठक बस्ने र अन्य निर्णय हुने जानकारी दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *