उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे प्रहरी कार्यालयमा उपस्थित

डिसी नेपाल
२० वैशाख २०८० १३:४३
1.2k
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंमा  सचिव पाण्डे उपस्थित भएकाे  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा सरकारका सचिवकै संलग्नता रहेको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाए पछि सचिव पाण्डे प्रहरीमा उपस्थित भएका हुन्।

बुधबार नै उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको थियो । गृहमन्त्रालयबाट उनी गत वर्ष उपराष्ट्रपति कार्यालयमा सरुवा भएका थिए।

यसअघि मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *