संखुवासभामा हेलिकप्टर दुर्घटना

डिसी नेपाल
२२ वैशाख २०८० १३:५६
3.4k
Shares

काठमाडौं। काठमाडाैं। सिम्रिक एयरको हेलिकोप्टरसंखुवासभामा दुर्घटना भएको छ।

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो।

उनले भने, “सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन्। विस्तृत जानकारी आउन बाँकी छ। उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएका छौँ।”

माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको छ।

“हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नरहेको जानकारी आएको छ”, प्रवक्ता सिटौलाले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *