गोप्य अंगमा लुकाएर ल्याएको अवस्थामा ब्राउन सुगरसहित दिदीबहिनी पक्राउ
झापा। झापा भद्रपुर विमानस्थलबाट दुई दिदीबहिनी महिला लागुऔषधसहित पक्राउ परेका छन्।
बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ कि घर भई हाल झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठलाई ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ।
विमानस्थलमा खटिएका प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई गोप्य अंगमा प्याडको आकार बनाएर सो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment