सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

डिसी नेपाल
२२ वैशाख २०८० १९:२९
3.4k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।

पार्टी कार्यालय बसन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन यथावत् राखिरहेको रास्वपाले अब रचनात्मक प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ।

रास्वपाका सभापति रवि लामिछानको नेतृत्वमा उपप्रधानसहित गृह, शिक्षा, श्रम र स्वास्थ्य राज्यमन्त्री लिएर सरकारमा सामेल भएको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलाशले माघ १३ गते सभापति लामिछानको नागरिकता अवैध ठहर गरेपछि उपप्रधानमन्त्रीसहित सबै पदबाट मुक्त भएका थिए।

उनको संसद लगायत सम्पूर्ण पद गुमेको केही समयपछि गत माघ २२ गते रास्वपा सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *