एमालेबाट प्रधानमन्त्री बन्न कुनै प्रस्ताव आएको छैनः रवि लामिछाने

डिसी नेपाल
२२ वैशाख २०८० २०:१२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

शुक्रबार काठमाडौंमा बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए। उनले अव आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षीमा बस्ने जानकारी दिए।

हालै सम्पन्न उपनिर्वाचनबाट पनि आफ्नो पार्टीलाई प्रतिपक्षीमा बस्ने म्याण्डेड दिएको उनले बताए। लामिछानेले मुलुकमा राजनीतिक अस्थीरता उत्पन्न गर्ने खेलमा नलाग्ने तर परिस्थीतिको मूल्याङ्कन गरेर आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे

उनले सरकारमा सहभागी हुँदा बनाइएको साझा कार्यक्रम पनि कार्यान्वयन हुन नसकेको बताए। उनले एमालेबाट आफुलाई प्रधानमन्त्री बन्नको लागि कुनै प्रस्ताव नगरेको स्पष्ट पारे।

त्यस्तै लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा आफु सरकारमा हुदा नै जानकारी पाएको र भित्री रुपमा अनुसन्धान अघि बढाएको जानकारी दिए।

उनले प्रदेश संरचना नेता\कार्यकर्ता व्यवस्थापन गर्ने थलो मात्रै भएको भन्दै प्रदेश संरचनाबारे छलफल गर्नुपर्ने बताए। यही व्यवस्थाभित्र पनि जनताको अवस्था बदल्न सकिने उनको भनाइ छ।

पार्टीको केन्द्रीय महाधिवेशनभन्दा अगाडि पार्टीका सांसदलाई केन्द्रीय समितिमा समावेश गरिने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *