स्वर्गीय डा लोहनीको पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण

डिसी नेपाल
२३ वैशाख २०८० ७:३६

काठमाडौं। डा सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा स्वर्गीय न्यूरोसर्जन डा लोहनीद्वारा लिखित पुस्तक आमा सुभद्रा लोहनी र बुबा घनराज लोहनीले लोकार्पण गरे।

पुस्तकको लोकार्पण गर्दै बुबा घनराज लोहनीले भने, “२०७८ सालको बडादसैँको अवसरमा उनले यो पुस्तक आफैँले प्रकाशन गरी हामीलाई उपहार दिने योजना थियो। उनी रहेनन्, हामीले आज प्रकाशन गरेर लोकार्पण गरेका छौँ।”

लोकार्पण कार्यक्रममा पुस्तकबारे डा हरिप्रसाद पोखरेलले आध्यात्मिक र आधुनिक विज्ञानबिचको सेतु बन्न डा लोहनीको पुस्तकले सृजनात्मक भूमिका खेल्ने बताए।

डा जगमान गुरुङले शुभकामना सन्देशमा जीवन वृक्ष पुस्तक दर्शन र कलाको अनुपम संयोजन भएको बताए। कार्यक्रममा डा सुवासका सहपाठी, शिक्षक, सहकर्मी, शुभचिन्तक र परिवारले पुस्तकबारे समीक्षा र टिप्पणी गरेका थिए।

बुवा घनराज लोहनीले पुस्तकबाट आर्जित रकम डा सुवास लोहनीको स्मृतिमा ललितपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘चम्किला तारा’ नामक पुरस्कारको रुपमा प्रदान गरिने बताए। डा लोहनीको स्मृतिमा उनको कृतिको प्रचारप्रसारसँगै अनाथालयमा आर्थिक सहयोग गर्ने लोहनी परिवारको भनाइ छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *