कञ्चनपुरका सशस्त्र प्रहरी सिमा सुरक्षा प्रमुखमाथि खुकुरी प्रहार

डिसी नेपाल
२३ वैशाख २०८० ९:४९
592
Shares

कञ्चनपुर। सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपी का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । गत शुक्रवार राती होहल्ला गरेपछि सम्झाउन गएका सई चौंसिर माथी खुकुरी प्रहार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवम प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राती १० बजेको समयमा बिओपी प्रमुख माथी खुकुरी प्रहार भएको हो ।  सो खुकुरी प्रहारवाट उनको बाया पाखुरामा चोट लागेको छ ।

खुकरी प्रहार गरी फरार रहेकाहरुको अहिले खोजी कार्य जारी राखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *