गजलः प्रेमको प्याला
उठाएर प्याला थमायौ तिमीले
सुधा प्रेमको खुब पिलायौ तिमीले
बनाएर कैदी नजरको टुनाले
हृदयको कुनामा लुकायौ तिमीले
थिए बिघ्न बाधा मेरा कर्म पथमा
दिई साथ सजिलो बनायौ तिमीले
सबै अश्रु मेरा नयनका पुछेर
गुमेका खुसी सब फिरायौ तिमीले
हिलोमा डुबेको थियो जिन्दगी यो
कमल सम्झी दिलमा सजायौ तिमीले
No ads found for this position
प्रतिक्रिया


Facebook Comment