भूपेन्द्र बडुवाल हत्या प्रकरणः मुख्य अभियुक्तले ६ महिनापछि गरे आत्मसमर्पण
धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन्।
गत वर्षको कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा बडुवालको धारिलो हतियार प्रहार गर्दै हत्या गरेर फरार भएका रावलले आइतबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले रावलले आइतबार दिउँसो जिल्ला अदालतमा आत्मसर्मण गरेको बताए। रावललाई अदालतले यसअघिकै फैसलाका आधारमा पुर्पक्षका लागि कारागार चलान गरेको छ।
रावल बडुवालको हत्या भएकै दिनदेखि फरार थिए। उक्त प्रकरणमा जिल्ला अदालत कैलालीले गत वर्षको २४ मंसिरमा ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।
धरौटमा छाडिएका तीन जनालाई उच्च अदालतको आदेशपछि पुनः पक्राउ गरेर पुर्पक्षका लागि कारागार चलान गरेको थियो। रावलसहितका ८ जना फरारको सूचीमा थिए। रावलले अदालतमा आत्मसर्मपण गरेपनि अन्य ७ जना अझै फरार छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment