स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालय र बिभिन्न बिभागमा गरे आकस्मिक अनुगमन

डिसी नेपाल
२५ वैशाख २०८० १३:४६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय र बिभिन्न बिभागहरुमा आकस्मिक अनुगमन गरेका छन्। सोमबार बिहान साढे नौ बजे मन्त्रालय पुग्नुभएका मन्त्री बस्नेतले आफ्नै मन्त्रालयमा समयमा कर्मचारी आए नआएको अनुगमन गरेका हुन् । सो क्रममा अधिकांश सचिवदेखि कर्मचारी समयमा नै कार्यालय नपुगेको पाइएको छ ।

समयमा नै कर्मचारी कार्यालय नपुगेपछि मन्त्री बस्नेतले फोन गरेर नै जानकारी लिएका थिए । मन्त्रालयभित्रै आकस्मिक अनुगमन गरेपछि उनी टेकु स्थीत बिभिन्न बिभाग पुगेर आकस्मिक अनुगमन गरेका थिए। । बिभिन्न बिभागमा पनि समयमा नै कर्मचारी नपुगेको जानकारी पाएपछि मन्त्री बस्नेतले यस बिषयमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका थिए।

मन्त्री बस्नेतले राम्रा कामको सुरुवात आफैबाट गर्नुपर्ने भन्दै मान्यताका साथ अघि बढेको भन्दै मातहतका कार्यालयमा पनि सुधारको काम गर्ने बताए । उनले समयमा नै कार्यालय पुग्ने कर्तव्य राष्ट्रसेवक कर्मचारीहरुको भएकाले यस बिषयलाई कडाईका साथ लागू गर्ने धारणा राखे। सर्ने र नसर्ने रोगको अवस्थामा टेकु अस्पतालको ल्याव र प्रशासनले गरेको कामको पनि आफुले जानकारी लिएको भन्दै मन्त्री बस्नेतले अस्पतालको पूर्वाधारलाई पूर्ण बनाउन आफुले पहल गर्ने जिकिर गरे।

उनले बिभिन्न महामारी फैलने बेला भएकाले रोगको प्रकृतिको अध्ययन भइरहेको अवस्थामा ठोस निष्कर्ष निस्कने गरि काम गर्नुपर्ने बताए। मन्त्री बस्नेतले समयमा नै आएर काम गर्न निर्देशन दिएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *