सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

डिसी नेपाल
२५ वैशाख २०८० १५:१३
11.8k
Shares

काठमाडौँ। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध सोमबार आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो। विकास ठाकुरले सोमबार उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेका हुन्।

कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा गरेको खर्च र विलासी जीवनशैलीसहितलाई आधार मानेर ठाकुरले आयोगमा उजुरी दिएका हुन्।

२०६३ सालबाट राजनीतिमा उदाएका सिंहको आर्थिक फड्को नै भ्रष्टाचारको कारण रहेको निवेदनमा ठाकुरले दाबी गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *