विन्दबासिनी कंशाकारले पाइन् सांसदको प्रमाणपत्र, सर्वोच्चको आदेशले रोकियो शपथ
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दबासिनी कंशाकारलाई प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको छ।
रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई आयोगले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको हो। पार्टीको सिफारिसमा आयोगले उनलाई सदस्यको प्रमाणपत्र दिएको हो।
तर, ढाकाकुमारको सांसदसमेत पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सोमबार सर्वोच्च अदाललतले अल्पकालीन आदेश दिएको छ। योसँगै कंसाकारको शपथ ग्रहण भने रोकिएको छ।
सर्वोच्चले ढाकाकुमार श्रेष्ठको सांसद पद विवादको अन्तरिम आदेशबारे छलफल गर्न जेठ ५ गते सबै पक्षलाई बोलाएको छ ।
न्यायाधिश तिलकुमार श्रेष्ठले सोमबार श्रेष्ठको रिटमा अल्पकालिन अन्तरिम आदेश दिएका थिए। जेठ ५ को छलफलले अन्तरिम आदेश कायम हुने वा अल्पकालिन आदेश खारेज हुनेमध्ये एक निर्क्योल गर्ने छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment