नक्कली शरणार्थी प्रकरणले रोकियो आइजीपीको अमेरिका भ्रमण

एआईजीको टोली पठाइयो

डिसी नेपाल
२५ वैशाख २०८० २१:३८
3.6k
Shares

काठमाडौं। मुलुकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान चलिरहेको बेला सरकारले नेपाल प्रहरीका महानीरिक्षक (आइजीपी)लाई अमेरिका भ्रमण रोकेको छ।

अमेरिकामा हुने लिडरशिप एक्सचेन्ज कार्यक्रममा भाग लिन जान लागेका आइजीपी वसन्त कुँवरको भ्रमण रोकेको हो। सो कार्यक्रममा भाग लिन नेपाल प्रहरीका एआइजीको टोलीलाई पठाइएको छ।

भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणका प्रहरीले अनुसन्धान गरिरहेको र सो अनुसन्धान प्रभाबित हुनसक्ने भन्दै आइजीपीको भ्रमण अनुमति नदिएको हो।

‘आइतबार साँझ मात्रै आइजीपीको भ्रमणमा रोक लगाइएको हो प्रहरीले हतारमा अर्को निर्णय गर्नुपर्यो, एआइजी किरण बज्रचार्यको नेतृत्वमा अर्को टोली पठाइएको छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।

आइजी कुँवरको भ्रमण रद्द भएपछि एआइजीको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गएको छ। एआइजी बज्राचार्यको नेतृत्वमा टोली पठाइएको नेपाल प्रहरीले जनाएको छ।

टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का रहेका छन्।

वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसी र न्यूयोर्कमा सञ्चालन हुने उक्त कार्यक्रममा भाविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यससम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान जनाइएको छ।

‘आइजीपीको भ्रमण अचानक रद्ध भयो, प्रधानमन्त्रीले नै उहाँलाई मुलुकबाहिर नजान निर्देशन दिनु भएको हो’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।

नक्कली भूटानी शरणार्थी प्रकरणमा यतिबेला पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन भने पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि शंकाको घेरामा तानिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *