मोरङबाट १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

डिसी नेपाल
२५ वैशाख २०८० २१:४२
512
Shares

मोरङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ हाटखोला बस्ने २४ वर्षीय  प्रवेश बस्नेत रहेका छन् । उनलाई  सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बेलबारी नगरपालिका–७ स्थित मकै बारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *