बालुवाटारमा शीर्ष नेताहरुको बैठक, नागरिकता र टीआरसी विधेयकमा सहमति जुटाउने प्रयत्न

डिसी नेपाल
२६ वैशाख २०८० १०:३९
352
Shares

काठमाडौं। संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधिश सिफारिस गरेपछि प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेृस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफलमा जुटेका हुन्।

बालुवाटार स्रोतका अनुसार जारी भेटवार्तामा संसदमा रहेको टीआरसी विधेयक, संवैधानिक परिषदको विधेयक र नागरिकता विधेयकबारे दलहरुले सहमति जुटाउने प्रयत्न गरेका छन्।

लामो समयपछि दलहरुको सहमतिमा सोमबार संवैधानिक परिषद्ले सर्वोच्चका कामु प्रधानन्यायधिश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधिशमा सिफारिस गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *