खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन

डिसी नेपाल
२९ वैशाख २०८० ६:३४

काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरी अनुसन्धानमा तानिएका नेता बालकृष्ण खाँणलाई पार्टीले कारबाही गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ ।

बुधबारबाट सुरु पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले प्रहरीले अनुसन्धानका लागि हिरासतमा पु¥याएका खाँणलाई पार्टीले निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् । सो प्रस्तावमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङले समर्थन जनाएका छन् ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने खाँण’ मुख खोलेका छैनन् । संस्थापननिकट अन्य केही नेताले भने खाँणमाथिको अनुसन्धान नसकिंदासम्म उनलाई कारबाही गर्न नहुने धारणा बैठकमा राखिरहेका छन् ।

बिहीबारसमेत सभापति देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले खाँणलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए ।

‘खाँणले आफू निर्दोष छु भनिरहनु भएको छ, उहाँले कि आफैं म प्रहरीलाई अनुसन्धानमा सघाउँछु र अनुसन्धान नटुंगिँदासम्म पार्टीको कुनै पनि जिम्मेवारीमा रहन्न भन्नुप¥यो कि पार्टीले नै उनलाई निलम्बन गरेर अनुसन्धानमा सघाउँछ भन्नुप¥यो, कांग्रेसले बोल्नुप¥यो,’ पदाधिकारी बैठकमा महामन्त्री थापाले राखेको धारणा’bout जानकारी दिँदै कांग्रेसका एक सहमहामन्त्रीले राजधानीसँग भने ।

सहमहामन्त्री महेन्द्र यादव खुलेरै खाँणको पक्षमा उभिएका छन् । पूर्वउपसभापति विजयकुमार गच्छेदारले पनि खाँणलाई अप्ठयारो परेका बेला पार्टीले साथ दिनुपर्ने राय दिएका छन्

बैठकमा सभापति देउवाले भने कुनै ठोस जवाफ फर्काएका छैनन् । उनले पदाधिकारी तथा पूर्व पदाधिकारीले राखेका राय सुनिरहेका छन् । तर, सभापतिनिकट केही नेता भने खाँणका पक्षमा पार्टीले बोल्नुपर्ने भन्दै सभापतिलाई सुझाइरहेका छन् । खाँण कांग्रेस केन्द्रीय सदस्य हुन् ।

‘सभापतिले जवाफ दिनुभएको छैन, उहाँले सुनिरहनु भएको छ, तर सभापति निकटका केही नेता खाँणका पक्षमा उभिनुभएको छ,’ कांग्रेसका ती सहमहामन्त्री भन्छन् ।

देउवाले कुनै जवाफ नदिएपछि महामन्त्री थापाले बैठकमा नै देउवालाई तपाईंको धारणा के हो ? भन्दै प्रश्न गरेका थिए । ‘एमाले अध्यक्ष केपी ओलीले संसद्मा बोल्छु भन्नुभयो, तपाईंको धारणा के हो ?’ थापाले सभापति देउवालाई प्रश्न गर्दै भने ।

कांग्रेस बैठकमा सहमहामन्त्री महेन्द्र यादव भने खुलेरै खाँणको पक्षमा उभिएका छन् । उनले बैठकमा महामन्त्री थापाले राखेको प्रस्तावमा प्रतिवाद नै गरेका छन् । यस्तै पूर्वउपसभापति विजयकुमार गच्छेदारले पनि बैठकमा खाँणलाई अप्ठयारो परेका बेला पार्टीले साथ दिनुपर्ने राय राखेका छन् ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले भने खाँण पक्राउ परेपछिको अवस्था’bout बैठकमा ब्रिफिङ गरेका थिए । यस्तै उनले पार्टीको आन्तरिक बैठकका विषय बाहिर गएप्रति पनि नेताप्रति गुनासो गर्दै आपत्ति जनाएका थिए ।

कांग्रेस बैठकमा खाँणले आफू निर्दोष भएको दाबी गरेको विषयमा समेत चर्चा भइरहेको छ । तर, संस्थापनइतर पक्षका नेताहरूले भने जनताको मत बुझेर कांग्रेसले निर्णय नगरे कांग्रेसलाई एक नेताका कारण अहित हुने भन्दै सोचेर निर्णय लिइनुपर्ने राय राखेका छन् ।

कांग्रेसका अर्का सहमहामन्त्री जीवन परियारले कांग्रेसले खाँणलाई तत्काल कारबाही नगर्ने जानकारी दिए । उनले खाँणले प्रहरी अनुसन्धानलाई सघाउँछु भनिरहेको भन्दै पार्टीले अनुसन्धानको निष्कर्षपछि मात्रै खाँण’bout निर्णय लिने जानकारी दिए ।

‘उहाँले अनुसन्धानमा सघाइरहनुभएको छ, हामीले अदालतको निर्णय पर्खिनुपर्छ, यो विषयमा कसैले पनि फरक मत राख्नुभएको छैन, तत्काल कारबाही नगर्ने विषयमा पार्टीभित्र कुनै विवाद छैन,’ पदाधिकारी बैठकपछि सहमहामन्त्री परियारले सञ्चारकर्मीसँग भने । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *